
काठमाडौं, पुष १४। सेयर बजारमा झिनो अंकले करेक्सन आएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने पाँच दशमलव ५१ अंकले बढेर २५ सय २४ दशमलव ५० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव २६ प्रतिशतले बढेर चार सय ७१ दशमलव २५ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २८ वटा कम्पनीहरूको ४२ हजार पाँच सय १२ पटकको कारोबारमा ५६ लाख ३८ हजार दुई सय ७९ कित्ता सेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम तीन अर्ब ६२ करोड ३४ लाख ८० हजार दुई सय ९२ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन्। जसमध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सहितका आठ वटा समुहहरूको सूचक बढेकाछन् भने विकास बैक, फाइनान्स, जीवन बीमा र लगानी सहितका पाँच वटा समुहको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत आयोजना, राष्ट्रिय बीमा कम्पनी, नेपाल बंगलादेश बैक आदिको सेयर मूल्य बढेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा नारायणी डेभलपमेन्ट बैंक, सामलिङ पावर लिमिटेड, कालिका माइक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक, मञ्जुश्री फाइनान्स आदि परेकाछन् ।