काठमाडौं, पुष १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार पाँच सय ९० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना संक्रमणमुक्त भएका छन् । सोही आधारमा नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या चार हजार आठ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय २३ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा ९२ ललितपुर जिल्लामा १८ र भक्तपुर जिल्लामा १३ जनामा संक्रमण पुष्टि भएको छ ।