Kath khabar
विदेश जाने नेपाली नागरिकले १५ सय डलरसम्मको सटही सुविधा पाउने


काठमाडौं, पुष १४ । विदेशमा जाने नेपाली नागरिकले १५ सय डलर सम्म लैजान पाउने भएकाछन । नेपाल राष्ट्र बैक, बैंकिङ विभाग लगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूको नाउँमा बुधबार परिपत्र जारी गर्दे राष्ट्र बैकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

तर यो व्यवस्था अनुसार सटही सुबिधा लिनको लागि राष्ट्र बैकले सर्त नै सर्त तोकेको छ । यस अनुसार भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत प्रति पटक अमेरिकी डलर १५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही दिन सकिने तर यस्तो सटही सुविधा एक बर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ, परिपत्रमा भनिएको छ । राहदानी बापतको सटही सुविधा लिँदा फारम भर्नुपर्ने र सटही सुविधा उपलब्ध गराउँदा श्रोतको स्वघोषणा लिनुपर्नेछ ।

राहदानी बापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बहाक स्वयं उपस्थित हुनुपर्नेछ । 'मैले यस राहदानी वापत सटही लिएको एक महिनाभित्र उद्देश्य बमोजिम यात्रा नगरेमा सो विदेशी मुद्रा बैङ्कमा दाखिला गर्नेछुु । साथै यस पटकको विदेश भ्रमणको लागि तोकिएको सिमा भन्दा बढी हुने गरी राहदानी बापतको सटही सुविधा अन्य कुुनै पनि संस्थाबाट नलिएको र सटही वापतको रकम वैध श्रोतबाट प्राप्त भएको व्यहोरा समेत अनुरोध गर्दछु । झुठा विवरण पेस गरी सटही लिएको ठहरेमा प्रचलित ऐन कानुन बमोजिम सजायको भागिदार म स्वयं हुुनेछु,' भनी कबोल समेत गर्नुपर्ने छ ।  

 


 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update