काठमाडौं, पुस १६। सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच एनसीएचएलले कार्यान्वयन गर्दे गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका औपचारिकरुपमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौता अनुरुप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट-टु-पे तथा इ-म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारकोरुपमा रहीविभिन्न रियल टाइम, नन-रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्यथप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३६ वटा बैंक/वित्तिय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइसकेका छन् ।