काठमाडौं, पुस १६। एभरेष्ट अस्पताल प्रालिले नयाँवर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘होल बडी चेक अप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेक अप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिनुभयो। बरालले भन्नुभयो, ‘एभरेष्ट अस्पतालले प्रत्येक वर्ष केही न केही नयाँ अफरहरू दिदै आएको छ । यस वर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरू लिएर आएको छ ।’ उहाँको अनुसार पाँच प्याकेजहरुपूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कार्डियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।
पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होल बडी चेक अप गर्ने बिरामीहरूले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६:३० बजे भन्दा अगाडि सुगरका बिरामीले सुगर जाँच गराउँदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।