Kath khabar
प्रदेशगत खर्चमा मूख्यमन्त्री पोखरेल सबैभन्दा अगाडी, कमाण्डर मूख्यमन्त्री सबैभन्दा पछाडि

काठमाडौं, बैशाख २७ ।  प्रदेशगत रुपमा सबैभन्दा बढि खर्चनेमा लुम्बीनी प्रदेश अग्रस्थानमा रहेको छ। जसले गत चैत मसान्तसम्म १५ अर्ब ८४ करोड खर्चेको छ । यसले ३६ अर्ब ३५ करोड बजेट बनाएकोे थियो । जसमध्ये अहिलेसम्ममा कुल बिनियोजित रकम मध्ये यसले ४३ दशमलव पाँच आठ प्रतिशत रकम खर्चेको छ ।

लुम्बीनी प्रदेशपछि भने ठूलो रकम खर्चनेमा प्रदेश नम्बर एक अगाडी छ । जसले ३६ अर्ब ६६ करोडको बजेट  पाएकामा अहिलेसम्म १५ अर्ब १५ करोड अर्थात ४१ दशमलव तीन पाँच प्रतिशत रकम खर्चेको छ । ७ वटै प्रदेशको  कुल बिकास बजेट  १ खर्ब ४३ अर्ब थियो । तर अहिलेसम्म जम्मा ३१ दशमलव दुई चार प्रतिशत मात्रै अर्थात ४२ अर्ब मात्रै खर्च भएको छ ।

यस्तै कर्णाली प्रदेश  बजेट खर्चनमा  सबैभन्दा पछाडि रहेको देखिन्छ । कर्णाली प्रदेश सरकारले यो वर्षका लागि ३४ अर्ब २३ करोड बजेट बनाएको  थियो । जसमध्ये अहिलेसम्म जम्मा १७ प्रतिशत मात्रै  रकम खर्चेको छ । अर्थात अहिलेसम्म जम्मा ६ अर्ब १५ करोड रकम खर्च भएको छ ।

अझ बिकास निर्माणमा खर्चनु पर्ने रकम त जम्मा १४ प्रतिशत मात्रैै भएको छ । यो वर्षका लागि कर्णाली प्रदेशले बिकास निर्माणका लागि २१ अर्ब बिकास निर्माणका लागि छुट्टाएको थियो । जसमध्ये अलिहेसम्म जम्मा ३ अर्ब १ करोड मात्रै खर्च भएको छ।

त्यसैगरि कर्मचारीको तलब भत्ता तथा प्रशासनिक खर्चका लागि भनेर छुट्टाइएको १३ अर्ब मध्ये अहिलेसम्म जम्मा १ अर्ब अर्थात बिनियोजित रकमको २३ दशमलव नौ पाँच प्रतिशत खर्च भएको छ ।

कर्णाली प्रदेश सबैभन्दा कम बिकास खर्च  गर्नेमा परेको छ । यती मात्रै हैन कुल  बजेट खर्चमा पनि कर्णाली प्रदेश सबैभन्दा पछाडि परेको छ । प्रदेश नम्बर दुईले वर्षका लागि कुल ३२ अर्ब ६८ करोडको बजेट बनाएको थियो । जसमध्ये अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै खर्च गरेको छ। यो कम खर्च गर्नेको सुचिमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै यहि प्रदेशले बिकास निर्माणका लागि १९ अर्ब १९ करोड रकम  छुटटएको  थियो । जसमध्ये अहिलेसम्म  जम्मा १८  दशमलव तीन आठ प्रतिशत मात्रै खर्च भएको छ । अर्थात वर्षका ९ महिनाबित्दा सम्म यो प्रदेशले जम्मा ३ अर्ब ५३ करोड मात्रै खर्च भएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update