Kath khabar
रियलको उपाधी यात्रामा धक्का

स्पेन, वैशाख २७ । स्पेनिस लिग ला लिगामा रियल मड्रिडले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गएराती घरेलु मैदान अल्फ्रदो दि स्तेफानोमा भएको खेलमा सेभियासँग दुइ दुइ गोलको बराबरीमा रोकिएको थियो ।

खेलको २२ औँ मिनेटमा फर्नान्डोले गोल गरि सेभियालाई अग्रता दिलाउनु भयो । वैकल्पिक खेलाडी मार्को असेन्सियोले ६७ औँ मिनेटमा गोल गरि खेललाई बराबरीमा ल्याउनुभयो । मैदान प्रवेश गरेको मात्र एक मिनेटमा उहाँले गोल गर्नुभएको हो । ७८ औँ मिनेटमा इभान राकिटिचको पेनाल्टी गोलमा पुन: खेलमा सेभियाले अग्रता बनायो । डि बक्स भित्र इडर मिलिटावोको ह्यान्ड बल भएपछि पाएको पेनाल्टीलाई राकिटिच सदुपयोग गर्नुभएको हो । इन्जुरी समयमा अर्का वैकल्पिक खेलाडी इडेन हाजार्डले गोल गरेपछि रियाल हारबाट जोगिएको थियो ।

खेल सुरु भएको मात्र १२ औँ मिनेटमा करिम बेञ्जेमाले रियलका लागि गोल गर्नुभएको थियो। तर अल्भारो ओड्रिजोलाको क्रसमा गरिएको सो गोललाई पछि भिडियो असिस्टेन्ट रेफ्रीेले मान्यता दिएन । ९४ औँ मिनेटमा टोनि कु्रसले गरेको प्रहार पनि कार्लोसलाई लागेर फर्कियो । यो नतिजासंगै बार्सिलोनासँग बराबरी अंक बनाएको रियाल दोस्रो स्थानमा उक्लेको छ । दुवैको समान ३४ खेलबाट ७५ अंक भएपनि गोल अन्तरका आधारमा रियलले बार्सालाई उछिनेको हो । एट्लेको मड्रिड दुइ अंकले अघि छ । यता बार्सा पनि गत शनिबार एट्लेटिकोसँग गोल रहित बराबरी खेल्दै शिर्ष स्थानमा उक्लने मौका गुमाएको थियो । सेभियाको ७१ अंक छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update