ललितपुर, पुस १७। ललितपुरको कुमारीपाटीमा लेखा सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । थ्याका युवा पुचःको आयोजना र SAARCS कन्सल्टेन्सीको संयोजकत्वमा आगामी माघ एक गते देखि उक्त तालिम सञ्चालन हुुन लागेको थ्याका युवा पुचःका अध्यक्ष लुज शाक्यले जानकारी दिनुभयो ।
तालिममा भाग लिन ईच्छुक सदस्य एवं गैर सदस्यहरुले थ्याका युवा पुचःमा अथवा सरगत शाक्य (९८४१४७५३०३) र जेनिश ज्योति शाक्य (९८४३८२२३३३) लाई सम्पर्क गर्न आयोजक संस्थाले आग्रह गरेको छ । आयोजक संस्थाका अनुसार प्रति व्यक्ति प्रति बिषय चार हजार रुपैयाँ शुल्क तोकिएको छ । उक्त तालिमको अवधि १० दिन हुुनेछ । प्रत्येक दिन बिहान सात बजे देखि नौ बजेसम्म सिआईबिटी कुमारीपाटीमा उक्त तालिम सञ्चालन हुनेछ ।
तालिममा बेसिक अकाउन्टीङ, ट्याक्स र भ्याट र ट्याली सम्बन्धी जानकारी दिइने आयोजक संस्थाले जनाएको छ ।