‘ए’ डिभिजन लिग : मछिन्द्र र पुलिसबीच एक खेल हुँदै
काठमाडौं, पुष १८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आइतबार एक मात्र खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि यो खेल महत्वपूर्ण रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रले पुलिसलाई हराउनै पर्ने दबाव रहेको छ ।
मछिन्द्र ६ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ । पुलिस भने ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८ १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय