बेलायत, वैशाख २७ । यस्तै गएराती नै भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले एस्टोन भिल्लालाई तीन गोलले हरायो ।
पहिलो हाफमा एक सुन्य गोलले पछि परेको अवस्थामा कमब्याक गरेको युनाइटेडले तीन गोल फर्काउँदै जित सुनिश्चित बनाएको थियो । २४ औँ मिनेटमा ब्रेट्रान्ड ट्राओरले घरेलु टोली एस्टोन भिल्लालाई अग्रता दिलाउनुभएको थियो । ५२औँ मिनेटमा बु्रनो फर्नान्डेसले पेनाल्टीमा गोल गरि खेललाई बराबरीमा ल्याउनुभयो ।
त्यसको चार मिनेटमा म्यासन ग्रिन उडले गोल गरि युनाइटेडलाई दुुइ एक गोलले अघि बढाउनु भयो। ८७ औ मिनेटमा इडिन्सन कभानीले युनाइटेडका लागि तेस्रो गोल गरि तीन एक गोलको जित सुुनिश्चित बनाउनु भयो । खेल सकिन मात्र एक मिनेट बाँकी रहँदा एस्टोन भिल्ला दश खेलाडीमा झरेको थियो । युनाइटेड चिर प्रतिद्धन्द्धी म्यान्चेष्टर सिटी भन्दा १० अंकले पछि छ । दोस्रो स्थानको युनाइटेडको ३४ खेलबाट ७० अंक छ भने एक खेल बढि खेलेको सिटीको ८० अंक छ ।