काठमाडौ, पुस १८। नेपाल राष्ट्र बैंकले लगानीको अफर गरेको छ । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एक अर्ब ७५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको अफर गरेको हो ।
राष्ट्र बैंकका अनुसार अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपकोरुपमा २०७८ माघ तीन गतेदेखि २०७९ माघ तीन गतेसम्मको लागि रकम राख्न प्रस्ताव आव्हान गरिएको हो । वाणिज्य बैंकहरूको लागि एक अर्ब ४० करोड, विकास बैंकहरूको लागि २६ करोड २५ लाख र फाइनान्स कम्पनीहरूको लागि आठ करोड ७५ लाख रुपैयाँ रुपैयाँ रकम लगानी गर्न प्रस्ताव माग गरिएको हो । रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही पुस २० गते अपरान्ह चार बजेसम्म आवेदन दिनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरू तोकिएकाछन् ।