Kath khabar
अनुचित लाभ लिएपछि अलिबाबा माथि चिन सरकारको  २ अर्ब ७८ करोड  डलर कार्वाहि

अनुचित लाभ लिएपछि अलिबाबा माथि चिन सरकारको  २ अर्ब ७८ करोड कार्वाहि
एजेन्सी
इ कमर्सको क्षेत्रमा बिश्वबिख्यात चिनीयाँ कम्पनी अलिबाबाले शक्तिको दुरुपयोग गरि अनुचित लाभ  लिएको भन्दै चिन सरकारले कार्वाहि गरेको छ । अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना भएको छ ।


अलिबाबाले आफ्नो प्लेटफर्मबाट कैयौं व्यवसायीलाई जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको  त्यहाँको “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)को ठहर छ ।
सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको  निष्र्क निकालिएको छ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गले लेखेअनुसार यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत  बराबर हुन आउँछ । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको  चिनीयाँ सरकारको ठहर छ ।


आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन्। ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन्।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update