जापान, वैशाख २७ । फ्रेन्च लिग वानमा उपाधी होडमा रहेको पेरिस सेन्ट जर्मेन पिएसजी रेन्न्सँग एक एक गोलको बराबरीमा रोकिएको छ । यो नतिजा पछि साविक बिजेता पिएसजीको उपाधी रक्षा यात्रामा ठुलो धक्का लागेको छ ।
रेन्न्को घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा भने पिएसजीले एक सुन्यको अग्रता बनाएको थियो । इन्जुरी समयमा पाएको पेनाल्टीमा ब्राजिलियन स्टार खेलाडी नेइमारले गोल गर्नुभएको हो । लेभिण कुर्जवामाथि डिबक्स भित्र फउल भएपछि भिडियो असिस्टेन्ट रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएको थियो । तर गेहासीले ७० र्औँ मिनेटमा लेभिन गेहासीले गोल गरेपछि खेल बराबरीमा आयो ।
८७ औँ मिनेटमा प्रेस्नल किम्पेम्बे रातो कार्ड खाएर मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा झरेको थियो । बाँकी समय पिएसजी खेलमा फर्कन सकेन र अंक बाड्न बाध्य भयो । यो बराबरी पछि दोस्रो स्थानमा यथावत् बसेको पिएसजीको दुइ खेल बाँकी रहँदा ७६ अंक छ । शीर्ष स्थानको लिल तीन अंकले अघि छ । माउरिसियो पोचेटिनोको टिम पिएसजी गत मंगलबार इंग्लीस क्लब म्यान्चेष्टर सिटीसँग युएफा च्याम्पियन्स लिगको सेमीफाइनलमा पराजित भएको थियो ।