थप २१६ जनामा कोभिड १९ को संक्रमण पुष्टि
२ जनाको मृत्यु, २०९ जना संक्रमणमुक्त
काठमाडौं, पुष १८। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल सात हजार छ सय ३१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार पाँच सय ९६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय नौ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार नौ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८ १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय