Kath khabar
जाडोमा कसरी राख्ने आफ्नो छालाको ख्याल ?

काठमाडौं, पुष २०। जाडोमा हाम्रो छाला निकै सुक्खा र रुखो हुने गर्दछ। खासगरी हातखुट्टा, अनुहारको छाला फुट्ने, फुस्रो हुने हुन्छ। जसले गर्दा छालाको चमक हराउँछ । त्यसैले जाडो महिनामा हामीले छालाको ख्याल राख्न अत्यन्त जरुरी हुन्छ । यी उपायहरुले तपाईंको छालालाई सुक्खा हुनबाट जोगाउँछ :

१) जाडोमा आफ्नो अनुहार तथा शरीरलाई मोइस्चराइज गर्नुपर्ने आवश्यकता बढि हुन्छ । ४/५ घन्टामा आफ्नो अनुहार, शरीर र ओठलाई मोइस्चराइज गर्नाले छालामा सुक्खापन रहँदैन । मैन, नरिवलको तेल र बदमको तेल मिसाएर पनि घरमै मोइस्चराइजर बनाउन सकिन्छ। अनुहारको सुक्खापन कायम राख्नका लागि घ्यूकुमारी, नरिवल, बटर र हर्बलको तेल प्रयोग गर्न सकिन्छ ।

२) प्रशस्त पानी पिउने गर्नुपर्छ । जाडो मौसममा हामी एकदम कम मात्रामा पानी पिउने गर्छौ । पानी पिउनको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्र मात्र नभएर बाहिरबाट पनि हाइड्रेशनको आवश्यक हुन्छ। त्यसैले दिनमा ८ गिलास  पानी पिउनु आवश्यक छ।

३) मद्यपान र धूम्रपान त्याग गर्नाले आफ्नो त्वचामा सुक्खापन कम हुने गर्दछ । जाडो मौसममा मुटुमा हुने असरलाई मद्यपान तथा धुम्रपानले झन् बढाउने हुनाले मद्यपान र धुम्रपान गर्ने बानी त्याग्नु राम्रो हुन्छ । हामीले हाम्रो शरीर आफूखुसी नै चलाइरहेका हुन्छौं । आफ्नो शरीरले कति थेग्ने, कति नथेग्ने भन्ने पनि हुन्छ । रक्सी खानै हुँदैन भन्ने होइन । मुटुका रोगीहरूले समेत ६० एमएलसम्म रक्सी खान सकिन्छ भन्ने विश्वव्यापी रूपमै स्थापित छ ।

४) बिहानको घाममा बस्ने बानीले छालामा चमक ल्याउने काम गर्दछ । यसले दमका दीर्घरोगीलाई समेत सहयोग गर्छ साथै हड्डीलाई पनि निक्कै फाइदा हुन्छ। तर दिउँसोको घाममा बस्दा भने ख्याल गर्नुपर्छ। दिउँसोको घाममा बस्दा रेडियसनको डर हुन्छ। घाममा हुने किटाणुहरू हानिकारक हुन्छन् । त्यस्तो अवस्थामा घाममा बस्नु छ भने सनस्क्रिन क्रिमहरू लगाएर बस्नु बुद्धिमानी हुन्छ ।

५) ग्लिसिरिन, कागती र गुलाब जल पानी मिलाएर मिश्रण बनाउनुहोस् र यसलाई सिसीमा भर्नुहोस् । यो मिश्रण रातमा सुत्नु अघि अनुहार र शरीरमा लगाउनुहोस् र बिहान उठ्नुहोस् र मनतातो पानीले नुहाउनुहोस्। यो गर्दा छाला निकै राम्रो हुन्छ।

 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update