काठमाडौं, पुष २०। अब आउने केही दिनहरू पश्चात दरबारमार्गमा नारायणहिटी संग्रहालयमात्र हैन सँगसँगै रेस्टुरेन्ट आउने मान्छेहरुको नि भिड देख्न पाइने भएको छ। बतास समूह नामक संस्थाले सस्तोमा जग्गा पाएपछि संग्रहालयभित्रै रेस्टुरेन्ट खोल्ने काम भने सुरु गरिसकेको छन् । नारायणहिटी दरबार संग्रहालयले संग्रहालयको गेटबाट पश्चिमपट्टि रेस्टुरेन्ट बनाउन भाडामा दिएको छ। रेस्टुरेन्टको संचालनको लागि तयारी गरिएतापनि काठमाडौँ नगरपालिकाबाट अनुमति चाही प्राप्त भएको छैन।
रेस्टुरेन्टले दरबारको कति जमिन उपयोग गर्न पाउने भन्ने बारे चाही टुंगो लागेको छैन भन्दै व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशकले जनाउनुभयो। " भवन रहने जमिनका लागि भएको टेन्डर बतासले पाएको हो, उसले वरपर टेबल कुर्सी राख्ने क्षेत्रको पनि नापजाँच गरेर भाडा उठाउँछौं ।" उहाँले भन्नुभयो । रेस्टुरेन्टबाट मासिक ५–६ लाख रुपैयाँसम्म भाडा उठ्ने अनुमान पनि उहाँले सुनाउनुभयो । समिति स्रोतका अनुसार बताससँग भने मासिक दुई लाख २० हजार रुपैयाँ उठाउने गरी खरिद सम्झौता भएको छ ।
साधारण नेपालीलाई १०० रुपैयाँ पर्ने टिकट भने रेस्टुरेन्ट खोलिसके पछाडि सङ्ग्रहालयको टिकट काट्नुपर्ने आवश्यक छैन। रेस्टुरेन्टमा लाइभ म्युजिक सुन्ने सुविधा पनि हुनेछ भने रेस्टुरेन्ट चलेपछि दरबारभित्र पार्किङ पनि खुल्नेछ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले २४ घण्टा नै सुरक्षा पहरा दिने भएकाले रेस्टुरेन्टले दरबारका सम्पदा असुरक्षित नहुने सङ्ग्रहालयको दाबी छ । बिहान ८ बजेदेखि राति ९ बजेसम्म मात्रै रेस्टुरेन्ट चल्छ र दरबार घुम्न आउनेहरुलाई यहाँ खाजाको सुविधा मिल्छ भनेर उहाँले भन्नुभएको छ।
पुरातत्व विभागका पूर्वमहानिर्देशकले नारायणहिटी संग्रहालयभित्रको इतिहास, संस्कृति, रहनसहन, व्यवहार, मान्यता र जीवन्तता खल्बलिदैन भनेर जानकारी दिनु भएको छ। ''मान्छेहरू हिजो दरबारभित्र राजपरिवार कसरी बस्थ्यो भन्ने जान्न चाहन्छन्, त्यो पक्षलाई नबिथोल्ने गरी काम गर्नुपर्छ ।" उहाँले ब्यक्त गर्नु भयो।