
काठमाडौं, पुस २१। टिकटकमा भाइरल भइरहेको अर्को 690452 को ट्रेन्ड। यो 690452 ट्रेन्ड प्लेटफर्ममा अहिले भाइरल भैरहेको छ । प्रयोगकर्ताहरूले यसको वास्तविक अर्थ के हो भनेर प्रश्न गरिरहेका छन्। टिकटक क्रेज अनुसार, यदि तपाईंले आफ्नो नाडीमा 690452 अंकहरू लेख्नुभयो र त्यसपछि सुत्नु भयो भने, तपाईं आफ्नो बाँकी जीवन सपनाहरूमा फस्नु हुनेछ।
अरेबन (Urban) शब्दकोश अनुसार 690452 संख्याहरू नर्क वा स्वर्गद्वारा श्रापित छन् भन्ने बुझ्न सकिन्छ । अचम्मको कुरा केही टिकटक प्रयोगकर्ताहरूले रिपोर्ट गरेका छन् कि उनीहरुको लागि यो ट्रेन्डले काम गरेन जबकि अरूले ट्रेन्डमा भाग लिने विरुद्ध चेतावनी दिएका छन् । किनभने त्यहाँ स्पष्ट रूपमा, बाँच्ने वा अर्को संसारमा अड्किने सम्भावना ५०/५० रहेको बताएको छ।
धेरै प्रयोगकर्ताहरूले यस ट्रेन्डमा भाग लिएका छन् र प्रमाणित गरेका छन् कि यो ट्रेन्ड झुटो हो र पूर्णतया नक्कली छ। यो ट्रेन्ड विश्वास गर्नको लागी केहि आधार छैन। कतिपय प्रयोगकर्ताहरूले आफ्नो भिडियो पनि रेकर्ड गरेका छन् जसमा उनीहरू आफ्नो नाडीमा नम्बर लेख्दादेखि सामान्य रूपमा बिहान उठेसम्मको भिडियो रहेको छ।
अहिले यो ट्रेन्ड टिकटक प्रयोगकर्ताहरू माझ मजाक बन्न थालेको छ, जसले यो चुनौती प्रयोग गरिरहेका छन् र कुनै पनि प्रकारको काल्पनिक संसारमा अलपत्र परेका छैनन्।