
काठमाडौं, पुष २१ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार ३० दशमलव ७५ अंकले घटेर २६ सय ४९ दशमलव २० अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ६८ अंकले घटेर चार सय ९७ दशमलव तीन अंकमा सीमित हुन पुगेको छ। आज दुई सय ३६ वटा कम्पनीहरूको ५८ हजार पाँच सय ७२ पटकको कारोबारमा ९५ लाख ५९ हजार चार सय २९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कारोबार रकम चार अर्ब ६२ करोड १५ लाख ९८ हजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकाछन् । सो मध्ये जलविद्युत र फाइनान्स समुहको सूचक बढेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समुहहरूको सूचक पनि घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, हिमालयन पावर पार्टनर आदिको शेयर मूल्य बढेकाछन् भने बिजय लघुुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीहरूको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज शिवम् सिमेन्ट, अपि पावर लिमिटेड, अपर तामाकोसी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी आदि परेकाछन् ।