काठमाडौं, पुस २२। कि इन्टरटेनमेन्ट र थ्री प्रोडक्सनद्वारा कि एडभरटाइजिङ सर्भिस प्रा.लि.का लागि माघ देखि नेपालकै सबैभन्दा ठूलो कमेडी सो कमेडी क्लब विथ च्याम्पियन्स नियमित उत्पादन गरी कि एडभरटाइजिङ सर्भिस प्रा.लि.ले नेपाल टेलिभिजनमा प्रसारण गर्ने भएको छ । यसैगरी युट्युबमा थ्रि प्रोडक्सनबाट पनि पुन: प्रसारण हुने भएको छ ।
उक्त कार्यक्रमको मार्केटिङ कि एडभरटाइजिङ सर्भिस प्रा.लि.ले गर्दै छ । नेपाली कमेडी जगतलाई अझै शिखरमा पुर्याउन कमेडी क्लब विथ च्याम्पियन्स मेगा-शो ले मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रम नेपाल टेलिभिजनले र युट्युबमा थ्री प्रोडक्सनले नियमित प्रसारण गर्नेछ । उक्त मेगा-शो माघ महिनाबाट प्रत्येक सोमवार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।
कमेडी क्लब विथ च्याम्पियनका मुख्य कलाकारका रुपमा पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई (फुलन्दे कि आमा), सुमन कार्की र कैलाश कार्की रहने छन् । त्यसैगरी कमेडी च्याम्पियन सिजन १ र कमेडी च्याम्पियन सिजन २ का सम्पूर्ण कलाकारहरूको पनि विभिन्न भागहरूमा उपस्थिति हुनेछ ।
हाँसो र व्यङ्ग्यमार्फत परिवार, समाज र आमजनमानसमा मनोरञ्जन प्रदान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ । यसबाट समाजलाई सुसूचित हुने अवसर पनि मिल्ने छ, साथै देशका लब्ध प्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरू पाहुनाका रुपमा स्वीकार गरि कार्यक्रमलाई अझ रोमाञ्चक बनाइने छ ।