Kath khabar
मोहित रैनाले आफ्नो विवाहमा पाएका थिए यस्ता महँगा उपहारहरू

मुम्बई, पुष २२। भारतीय अभिनेता मोहित रैनाले आफ्नी प्रेमिका अदितिसँग विवाह गरेर ९सन् २०२२० को पहिलो दिनमै आफ्ना फ्यानहरूलाई चकित पार्नुभएको थियो।

मोहित रैनाले अदिति शर्मासँग जनवरी १ मा एक निजी समारोहमा विवाह गर्नुभयो जसमा उहाँका परिवार र नजिकका साथीहरू उपस्थित थिए। विवाह समारोहमा बलिउडका धेरै सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो। अभिनेता मोहित रैनाले आफ्नो विवाहको दिन बलिउड सेलिब्रेटीहरुद्वारा प्राप्त गर्नु भएको केही महँगो उपहारहरू यस प्रकार छन् :

१) अभिनेत्री ज्याकलिन फर्नान्डेजले अभिनेता मोहित रैनालाई उनको विवाहमा अडी Q8 उपहार दिनुभएको थियो, अडीको मूल्य  करिब  करोड रहेको छ।
२) अभिनेत्री राधिका मदन र अभिनेता मोहित रैना निकै मिल्ने साथी हुनुहुन्छ। अभिनेत्री राधिका मदनले करिब १.७ लाख पर्ने मनिष मल्होत्राको रोयल शेर्वानी उपहार दिनुभएको छ।  
३) सन्नी कौशलले भने यो जोडीलाई लन्डनको लागि छुट्टी मनाउने टिकट उपहार गर्नु भएको छ।
४) अभिनेत्री मौनी रोयले आफ्ना पूर्व प्रेमी मोहित रैनालाई उहाँको विवाहमा सुनको औंठी उपहार दिनुभएको छ। सुनको औँठीको मूल्य  करिब २ लाख थियो।
५) अभिनेत्री सोनारिका भदोरियाले उहाहरुको विवाहमा जोडीलाई रोलेक्स घडी उपहार दिनुभएको हो । यो ब्रान्डेड घडीको मूल्य करिब ६ लाख थियो ।
६) सौरभ राज जैनले दम्पतीलाई सुनको एक जोडी ब्रास्लेट उपहार दिनुभयो, ब्रास्लेटको मूल्य करिब ५ लाख थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update