Kath Khabar
४३ अंकले बढेर रोकियो नेप्से

काठमाडौं, पुस २२। साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से बढेको छ । नेप्से आज ४३ दशमलव २९ अंकले बढेर २६ सय ९२ दशमलव ४७ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि नौ दशमलव १६ अंकले बढेर पाँच सय छ दशमलव १६ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ३८ वटा कम्पनीहरूको ४८ हजार एक सय ६१ पटकको कारोबारमा ७३ लाख ३६ हजार तीन सय ३४ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा आज कुल शेयर कारोबार रकम तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन् । सो मध्ये ट्रेडिङ र उत्पादनमूलक समुहको सूचक घटेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, फाइनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज तेह्रथुम पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने नेपाल बंगलादेश बैकको ऋणपत्र २०८५, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज अपि पावर लिमिटेड, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक आदि परेकाछन् ।  

 

 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update