Kath khabar
अबदेखि फिलिपिन्समा बाल विवाह प्रतिवन्ध

मनिला, पुष २३ । अबदेखि फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन् ।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं अग्रस्थानमा पर्दछ । राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उहाँले जारी गरेको कानून उलङ्घन गर्नेलाई १२ बर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ ।

(रासस/एएफपी)

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update