Kath khabar
घरपालुवा जनावरका केही वास्तविक तथ्यहरू

काठमाडौं, पुष २३ । घरपालुवा जनावर एउटा जनावरको रूपमा मात्र नभई कुनैपनि व्यक्तिको मनोरञ्जनको लागि घरमा राखिएको हुन्छ। मानिसको असली साथीको रुपमा पनि घरपालुवा जनावरहरूलाई राखिन्छ । घरपालुवा जनावरहरूका केही सत्यहरु यहाँ उल्लेख गरिएका छन्-

१ . कुकुरको मुख मानिसको भन्दा सफा हुन्छ
मानिस र कुकुर दुवैको मुखमा ब्याक्टेरिया भेटिन्छ। मानिसको मुखमा ६१५ किसिमको ब्याक्टेरिया पाइन्छ भने कुकुरको मुखमा ६०० किसिमको ब्याक्टेरिया पाइन्छ । यसको मतलब हामीले बुझ्नन सकिन्छ कि कुकुरको मुख हाम्रो भन्दा सफा हुन्छ। 

२. कुकुर र बिरालोले कालो र सेतो रंग मात्र देख्न सक्छन्
यी दुई जनावरले कालो र सेतो रंग मात्र देख्छन् तापनि कुकुरले भने खैरो, निलो र पहेलो रंग देख्न सक्छ। गाउँघरतिर 'बिरालो झै कलर नदेख्ने अन्धो' पनि भन्ने गरिन्छ। बिहान र साँझमा शिकार गर्न सजिलो होस् भनेर होला, उनीहरूको बनावट यो तरिकाले भएको हुन्छ।

३. घोडाहरू उभिएर सुत्छन्
घोडा पाल्ने जो कोहीले पनि आफ्नो घोडा उभिएर सुतिरहेको देखेको कुरा पुष्टि गर्न सक्छ। दिउँसोतिर घोडा उभिएर सुत्दा, उ साँच्चिकै सुतेको चाहिँ हुँदैन तर झप्की लिइरहेको हुन्छ। राति भने घोडा पल्टिएर नै सुतिरहेको हुन्छ।  

४ . कुकुरहरूले तपाईंको अनुहार चाट्छन् किनभने तपाइको मुखमा नुनिलो स्वाद हुन्छ
मानिसको अनुहारमा कुकुरहरूले चाट्ने कुकुरहरूको एउटा गहन व्यवहार हो । कुकुरहरूले चाट्दा उनीहरूको जिउमा एन्दोर्फिन्स हर्मोन निस्किन्छ जसले उनीहरूको जीउलाई सहज बनाउँछ।  

५. गाजर खरायोको लागि राम्रो आहार होइन
खरायोहरुको लागि गाजर सबैभन्दा राम्रो खाना हो भन्ने हाम्रो गलत बुझाई हो। धेरै मात्रामा खरायोहरुलाई गाजर खुवाइयो भने बिस्तारै खरायो बिरामी हुँदै जान्छ भनेर पुष्टि भएको छ।  

६. मासु मात्र पनि कुकुरहरूको लागि राम्रो होइन
कुकुरहरूलाई मासु मात्र नभएर उनीहरूलाई प्रोटिन जस्ता खानेकुराहरूको पनि आवश्यकता पर्दछ। त्यसैले मासु मात्र खुवाउने बानी राम्रो होइन।  

७. गोल्डफिशसँग सम्झना शक्ति हुन्छ
मानिसहरूले पहिले गोल्डफिशसँग ३ सेकेन्डको सम्झना शक्ति हुन्छ भन्ने मान्यता राख्ने गर्थे तर नयाँ खोजअनुसार गोल्डफिशसँग लामो समयसम्म सम्झिने र बुझ्ने शक्ति  हुन्छ।  

८. घरमा पालिने मुसा वास्तवमा निकै सफा जनावर हुन्
मुसालाई फोहोरी, गन्हाउने र नराम्रो जनावरको रुपमा लिइने गरिन्छ तर मुसा निकै सफा जनावर हो । मानिसहरू जस्तै मुसाहरूलाई पनि फोहोर हुन मन पर्दैन।  

९. गर्मीमा घरपालुवा जनावरहरूको भुत्ला काटिदिनु पर्दैन
जनावरहरूको भुत्लाहरु जाडोमा न्यानो र गर्मीमा शीतल हुने गरि प्रकृतिले बनाइदिएको हुन्छ।  हामीले घरिघरि शीतल होस् भनेर कुकुरको भुत्ला काटिदिनु पर्ने आवश्यकता पर्दैन।  

१०. बिरालोहरु राति धेरै सक्रिय हुन्छन्
बिरालोको आँखाले गर्दा उनीहरूले राति अँध्यारोमा पनि देख्न सक्छन् । यसकारणले पनि उनीहरु रातिमा बढी सक्रिय हुने गर्दछन् । घरपालुवा भन्दा जंगली बिरालोहरुमा बढी यो कुरा पाइन्छ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update