Kath khabar
के पौष २७ मा सार्वजनिक विदा दिनु पर्छ ?

काठमाडौं, पुस २३। पौष २७ गते पृथ्वी जयन्तिको दिन भनेर थाहा नहुने हामी कमलाई नै होला। पृथ्वी नारायण शाह एक महान लिडर हुनुको साथ साथै एक महान व्यक्तित्व पनि हुनुहुन्छ । उहाँलाई महत्वाकाङ्क्षी शासकको रुपमा पनि चिन्न सकिन्छ। सन् १७४२ मा गोर्खाका राजा भएका पृथ्वी नारायण शाहलाई  नेपालमा मात्र नभई दक्षिण एसिया र विश्वभर दूरदर्शी र प्रतीकात्मक नेताका रुपमा हेरिने गरिन्छ। 

आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन आग्रह गर्नुभएको छ। राप्रपाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको अनुसार, ‘राष्ट्रिय एकताका महानायकको जन्मजयन्तीलाई कुनै पनि बहस वा सिद्धान्तभन्दा माथि राष्ट्रिय पर्वका रुपमा मनाउँदा कसैको आस्था र विश्वासमा चोट पुग्ने छैन ।

साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न समेत राप्रपाले सरकारसँग माग गरेको छ । यसअघि २०७४ सालमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने भनी गरेको निर्णय उपयुक्त रहेको भएपनि निरन्तरता पाउन नसकेको भन्दै अध्यक्ष लिङ्देनले सार्वजनिक बिदा दिन माग गर्नुभएको हो

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update