काठमाडौं, पुस २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा नौ सय ६८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १४ हजार नौ सय ७१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मुत्यु हुनेहरुको संख्या भने शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको कुल संख्या ११ हजार छ सय दुई पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय ६२ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसैबिच मन्त्रालयले नेपालमा थप २४ जनामा ओमिक्रोन भाईरसको पुष्टि भएको जानकारी दिएको छ ।