Kath Khabar
राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन सम्पन्न

काठमाडौं, पुस २४ । राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष शुक्र बहादुर गुरुङको सभापतित्वमा पार्टीले पुस २४ गते शनिवार काठमाडौँको धुम्वाराहीस्थित कार्की पार्टी प्यालेसमा विशेष अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनले गुरुङ कै अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा शुक्र बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्षमा नवराज घले, उपाध्यक्षमा बुद्धि बहादुर गुरुङ, महामन्त्रीमा तोरण बहादुर कर्माचार्य, महामन्त्रीमा भक्त बहादुर थापा, सहमहामन्त्रीमा सागर कार्की र सचिवमा आनन्द थापा रहेकाछन् । यसैगरी केन्द्रिय सदस्यहरुमा ठानिश्वर रिजाल, घनराज तामाङ, सञ्जय कुमार श्रेष्ठ, एलिजा बस्नेत, दोङसाङ तामाङ, रिता सुनार, सावित्री थापा, लाक्पा तामाङ, सरोज कार्की, बिनोद बहादुर थापा, भक्त बहादुर बिष्ट, मेख बहादुर सुनार, शिव बहादुर बिश्वकर्मा, झयन्द्र कुमार अधिकारी, जयराम श्रेष्ठ, सुशिला जिरेल, सजना थापा, कमल प्रसाद खरेल, आयुष परियार, उत्तम तामाङ, श्रीकमल प्रसाद पौेडेल, लवराम गुरुङ, ध्यानेन्द्र बिक्रम शाही, लक्ष्मण सुनार, बिमला सुनार, जया थापा, सुरेश कुमार मण्डल, नरबहादुर मण्डल, कमला पाण्डे, कविता घले, तारादेवी बस्नेत र महिन्द्र परियार रहेकाछन् ।

विशेष अधिवेशनको समुद्घाटनका क्रमममा अध्यक्ष गुरुङले राष्ट्रिय नागरिक पार्टी वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको पार्टी भएको र यसले नेपाली राजनीतिमा नेपाली काँग्रेस, कम्युनिष्ट पार्टी र माओवादी पार्टीहरूले गरेका बेथितिहरूलाई रोक्ने उद्देश्य लिएको बताउँनुुभयो । गरिब दुःखी जनता र राष्ट्रिय हितको प्रमुख उद्देश्य सहित हामी नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएका हौं, उहाँले भन्नुुभयो । पार्टी बिसं २०७० सालमा स्थापना भएको र आफूले बिसं २०७५ साल बैशाख २९ गतेबाट पार्टीमा अध्यक्षको भूमिका निर्वाह गर्दे आएको उल्लेख गर्दे उहाँले भन्नुुभयो, अबको पाँच वर्षभित्र सत्तामा पुग्ने गरी हामीले रणनीति बनाएका छौं। अहिलेसम्म ३० वटा जिल्लाहरूमा कमिटी बिस्तार गरिसकेको र यो विशेष महाधिवेशनपछि हामी बाँकी रहेका अन्य जिल्लाहरूमा पनि तिव्र रुपमा कमिटी बिस्तार गर्छौ, अध्यक्ष गुरुङले भन्नुुभयो ।

पार्टीको मुख्य उद्देश्य गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पुर्याउनु पर्ने, सानो ठुलो सबै रोगको उपचार सकेसम्म निशुल्क, नसके न्यूनतम शुल्कमा गर्नुपर्ने, युवाहरूलाई बढ्दो विदेश पलायनलाई रोक्नको लागि स्वदेशमा नै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र यसको लागि सरकारले प्रति घरपरिवार १५ लाख रुपैयाँ बिनाधितो कर्जा उपलब्ध गराउनु पर्ने रहेको छ । यही माग लिएर हामीले सरकारलाई घच्घच्याउँदै जनताको बिचमा गएका हौं, उहाँले भन्नुभयो । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले राष्ट्रिय नागरिक पार्टीलाई जनताको आफ्नो पार्टी बनाउन शुभकामना दिनुभयो । तपाईँहरूको उद्देश्य अनुरूप तपाईँहरूको अब वैकल्पिक राजनीतिक शक्तिको रुपमा उठाउनुहोस्, देश र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस, अध्यक्ष साहले भन्नुभयो ।

सोही कार्यक्रममा उक्त पार्टीका बरिष्ठ अध्यक्ष नबराज घलेले पनि आफ्नो पार्टीले जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्ने र देशव्यापीरुपमा कमिटी बिस्तार गर्दे आम नेपाली जनताले गर्व गर्न लायकको पार्टी बनाउने उद्घोष गर्नुभयो । विशेष अधिवेशन कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका महामन्त्रीहरु गोविन्द्र श्रेष्ठ, बिवी थापा, सहमहामन्त्री सागर कार्की सहितका व्यक्तिहरुले पार्टीको नीति, उद्देश्य, पार्टीकोभावी उद्देश्य, एजेण्डा र कमिटी बिस्तारका बारेमा जानकारी दिनुभएको थियो । महाधिवेशनमा कास्की, पोखरा, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, रामेछाप लगायतका ठाउँहरुबाट सैयौंको संख्यामा उक्त पार्टीको नेता तथा कार्यकर्ताहरु राजधानी आएका थिए ।


 

 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update