Kath khabar
नोरा फतेहीको खर्च, कहाँ र कति ?

मुम्बई, पुस २५। छोटो समयमै आफ्नो अभिनय र नृत्यले दर्शकको मन जित्न सफल हुनुभएकी नोरा फतेही बलिउडकी चर्चित कलाकार हुनुहुन्छ।  उहाँको एक अन्तर्वार्ता अनुसार उहाँले प्रति गीत २ करोड लिनुहुन्छ र प्रति फिल्म ४ करोड लिने गर्नुभएको छ। उहाँ निकै महँगा समानहरुको प्रयोग गर्नुहुन्छ । उहाँले प्रयोग गर्नुभएका केहि महँगा सामानहरु र त्यो समानको मूल्य यस प्रकार छन् :

१) भ्यानिटी भ्यान
उहाँको भ्यानिटी भ्यान बलिउडको सबैभन्दा महँगो र राम्रो भ्यान हो।  एक विदेशीले डिजाइन गर्नु भएको यो भ्यानिटी भ्यानको मूल्य ५ करोड रहेको छ।  

२) घर
नोराको घर निकै ठुलो र महँगो मानिन्छ। चर्चित इन्टेरियर डिजाइनर पीटर मारिनोले डिजाइन गर्नुभएको यो घरको मूल्य १० करोड पर्दछ।  

३) कारहरु
मर्सिडीज बेन्ज CLA 200D उहाँको पहिलो गाडी रहेको छ। यसको मूल्य  ६५ लाख रहेको छ। बि यम डब्लु (BMW) उहाँको पछिल्लो र नयाँ कार रहेको छ, जसको मूल्य पनि ६५  लाख नै रहेको छ।  

४) ह्यान्डब्यागहरू
नोराले बोक्ने ह्यान्डब्यागहरू निकै ब्रान्डेड र महँगो हुने कुरा त हामीलाई अवगत नै रहेको छ।  ५ लाख पर्ने दिओर ब्याग होस वा १० लाख पर्ने हेर्वे  लगेरको ब्याग, उहाँले महँगो ब्याग बोक्नु हुन्छ।

५) जुत्ताहरु
नायिकाको जुत्ता संग्रहको बारेमा सोध्दा उहाँसँग ५० हजारभन्दा बढी मूल्यका महँगा जुत्ता छन् । उहाँले एक पटक अफिम पम्प लगाउँनुभएको थियो, जसको मूल्य लगभग ७२,००० रुपैयाँ थियो।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update