Kath Khabar
पहिलो कारोबार दिन नै शेयर बजारमा हरियाली


काठमाडौं, पुस २५ । साताको पहिलो कारोबार दिन नै शेयर बजारमा हरियाली छाएको छ । आज आइतबार नेप्से ७३ दशमलव एक अंकले बढेर २७ सय ६५ दशमलव ४७ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १३ दशमलव २१ अंकले बढेर पाँच सय १९ दशमलव ३७ अंकमा पुग्न सफल भएको छ । आज दुई सय ३९ वटा कम्पनीहरूको ८२ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ५० लाख ५८ हजार छ सय २१ कित्ता शेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब १० करोड १८ लाख ३१ हजार पाँच सय ९१ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै समुहहरूको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाईड्रो डेभलपर कम्पनी, मध्यभोटेकोसी जलविद्युत कम्पनी, दिव्येश्वरी हाइड्रो पावर लिमिटेड आदि बढी कमाउने कम्पनीहरूको सुचीमा परेकाछन् भने सिद्धार्थ बैकको ऋणपत्र, ओरेन्टल होटल लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, कृषि विकास बैंकको ऋणपत्र, आदि बढी गुमाउने कम्पनीहरूको सुचीमा परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपि पावर लिमिटेड, प्रभु बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।


 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update