Kath khabar
सप्तकोशी डेभलपमेन्ट बैंकमा स्मार्ट टेलर सेवा सुरु 

काठमाडौं, वैशाख २७ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजबाट सबैं कार्यालयमा एसकेडिविएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाबाट सप्तकोशी बैंकको मोवाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक बिना नै रकम भुक्तानी प्राप्त गर्नेछन् । जसकालागि ग्राहकले कार्यालयको नगद काउण्टरमा रहेको क्यूआर स्क्यान गर्नु पर्नेछ । बैंकले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यले यो सेवा प्रारभ्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले बताउनु भयो । 

महामारीको समयमा सूचना प्रविधिको अधिक प्रयोग गरी धेरै कार्य विद्युतीय माध्यमबाट गर्ने बैंकको लक्ष्य रहेको छ । साथै यसबाट हुनसक्ने जोखिम तथा दुरूपयोग प्रति समेत बैंक चनाखो रहेको छ । यस सेवाबाट ग्राहकको समयको बचत हुने र बैंकको सेवा अझ विश्वसनिय तथा भरपर्दो हुनेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update