Kath Khabar
नेप्सेको उच्च वृद्धि आज पनि जारी

काठमाडौं, पुस २६। साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से उच्च अंकले बढेको छ । आज नेप्से १९ दशमलव ४३ अंकले बढेर २७ सय ८४ दशमलव ९५ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ पनि तीन दशमलव १६ अंकले बढेर पाँच सय २२ दशमलव ५३ अंकमा पुग्न सफल भएको छ । दुई सय ३६ वटा कम्पनीहरूको ७७ हजार एक सय ८३ पटकको कारोबारमा एक करोड ४२ लाख ८८ हजार एक सय ३० कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, होटल तथा पर्यटन र उत्पादनमूलक सहितका तीन वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने प्रभु सेलेक्ट फन्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक, नेपाल बंगलादेश बैंक, कर्णाली डेभलपमेन्ट बैक आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा गोर्खाज फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनी आदि परेकाछन् ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update