काठमाडौं, पुस २६। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।
काभ्रेको पनौती नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका वृद्धवृद्धालाई सहयोग पुगोस् भनेर विद्यार्थीहरूले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका वृद्धवृद्धाहरूको छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्मक कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ ।
तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू गत पौष ३ गते पिकनिक गएका थिए । उक्त पिकनिकबाट बचेको रकम सहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताउनुभयो । तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।