Kath Khabar
प्रनय र बेनिशाको गीतमा सोनिका रोकायाको धमाकेदार अभिनय

काठमाडौं, पुस २७ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको तिमीलाई देखेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेनमेन्ट प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ। बैसालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दे रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्डरुपमा उतार्नुभएको छ ।

रोमान्स गर्दा गर्दे कता कता हराएका एक जोडीको हट दृश्यहरू समेटिएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन भने सम्पादन विकास धमलाले गर्नुभएको हो । यसैबीच गायक श्रेष्ठको केही समयअघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उहाँले उत्कृष्ट पप गीत डायस्पोराको अर्वाड हात पार्नुभएको छ । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्युजिक अवार्डले प्रदान गरेको हो ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=95WWAE_sU94


 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update