Kath khabar
कसरी बनाउने त घरमै तिलको लड्डु ?

काठमाडौं, पुस २७। माघे संक्रान्ति नजिकिँदै गरेको कुरा हामीलाई अवगत नै छ। हामीले त्यो दिन खाने मिठो परिकारहरूको मज्जा त छुट्टै नै छ।  हामीले यो दिन घ्यू, चाकु, तिलको लड्डु, तरुल, खिचडी र अन्य मिठा परिकारहरू खाने गर्छौ। यी मिठा परिकारहरू मध्ये घरमै सजिलो तरिकाले तिलको लड्डु कसरी बनाउने त जानौं :

चाहिने सामग्रीहरू :
१) १ कप तिलको दाना
२) गुड  स्वाद अनुसार
४) अलैँचीको धुलो (इच्छा अनुसार )
३) बदमको धुलो र नरिवलको धुलो  

बनाउने तरिका :

  • कराई वा प्यान तताउनुहोस् र यसमा १ कप तिल राख्नुहोस् । कम तापमा नै ३/४ मिनेट यसलाई पकाउनु होस्। 
  • ३/४ मिनेट मज्जाले तिललाई भुट्नुस् । ध्यान राख्नुहोस् कि तिल धेरै कालो नहोस्।  
  • अब बदामको धुलो र नरिवलको धुलोलाई भुटिएको तिलसँग मज्जाले मिसाउनु होस। (याद राखौं, मिसाउनु अघि भुटेको तिललाई मज्जाले चिसो हुन दिनु पर्छ।)
  • त्यसपछि अलैंचीको धुलो पनि मिसाईदिनु होस्।  
  • अब यो मिश्रणलाई झिकेर अर्को प्लेटमा राख्नु होस्।  
  • अब आधा कप धूलो गुड वा पिसेको गुड लिनुहोस्। यसलाई प्यानमा राख्नुहोस् र ३ ठुलो चम्चाले पानी हाल्दिनुहोस्।  
  • सानो तापमा प्यान बसाल्नुहोस् र बिस्तारै गुड पानीमा मज्जाले मिसाउनुहोस्। तपाईंले गुडको घोलमा नरम बलको चरणमा नआएसम्म पकाउन जारी राख्नुपर्छ। गुडलाई निरन्तर चलाईरहनुहोस्।
  • अब भने आगो बन्द गर्नु होस् र अघिको मिश्रणलाई गुडसँगै मिसाईदिनुहोस् । अनि मज्जाले मिसिनेगरी मोल्नुहोस्।  
  • त्यो मिश्रण तातो छदाँ नै हातमा राखेर लड्डुको आकार बनाउन सुरु गर्नुहोस्। यदि धेरै नै तातो छ भने, एक मिनेट पर्खनुहोस् र त्यसपछि लड्डु बनाउनुहोस्।

अब भने तिलको लड्डु तयार भएको छ।

तिलको लड्डुले स्वास्थ्यलाई फाईदा पनि गर्दछ । यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ । सख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update