वासिङ्टन, पुस २७। विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण गरिएको छ । निकै खतरनाक मुटु रोग भएका ५७ बर्षीय पुरुषले आनुवंशिक रूपमा एउटा सुँगुरबाट मुटु प्राप्त गर्नु भयो। यो शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिमले गरेको हो । मानिसमा सुँगुरको मुटुको यो पहिलो सफल प्रत्यारोपण हो। उहाँको आठ घण्टाको शल्यक्रिया संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा भएको थियो । बिरामी मेरील्याण्डका डेभिड बेनेट हुनुहुन्छ।
डेभिड बेनेट मानव प्रत्यारोपणको लागि अयोग्य मानिनुभएको थियो। उहाँले बाइपास मेसिनमा विगत धेरै महिना ओछ्यानमा बिताउनुभएको थियो । दान गरिएको अंगलाई शल्यक्रियाअघि अंग-संरक्षण मेसिनमा राखिएको थियो र टोलीले प्रतिरक्षा प्रणालीलाई दबाउन परम्परागत एन्टि-रिजेक्सन ड्रग्ससँगै किनिक्सा फार्मास्युटिकल्सले बनाएको प्रयोगात्मक नयाँ औषधि पनि प्रयोग गरेको थियो। उहाँको स्वास्थ्य अहिले राम्रो रहेको युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका शल्यचिकित्सकहरूले बताएका छन्।
'यो अभूतपूर्व शल्यक्रिया हो ।