काठमाडौं, पुस २७। क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरू पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो ।
ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सर मध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।
जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपि यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार सम्भव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सतर्क रहनुपर्छ । चिकित्सकीय परामर्श लिनु पर्छ ।
यो जनवरी महिना भनेको क्यान्सरको जागरुकताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौँ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरूमा चौथो मा पर्ने गर्दछ । विकसित मुलुकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ति एचपिभी भ्याक्सिन लगाउने गरिन्छ, जुन ५ देखि १५ वर्ष उमेर बर्गका बच्चाहरूलाई २ डोज खोप र १५ देखि २६ उमेर बर्गका मानिसहरूलाई ३ डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ वर्ष भन्दामाथिका उमेर पुगेका मानिसहरूले भ्याक्सिन लगाएयता पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परिक्षण गरेर थाहा पाउन सकिन्छ ।
९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानी जस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई-तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरू हुन् ।
कस्तो अवस्थामा यसको परिक्षण गर्ने त कस्ता रहन्छन् यो क्यान्सरको लक्षणहरू
महिनावारी नभएपनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जाने लगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परिक्षण गराउनु पर्दछ । यो परीक्षणले सङ्क्रमितको क्यान्सरको कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरुले कम्तिमा बर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरुलाई भेटेर जाचँ गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामीले हामी कहाँ आउने महिला दिदीबहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवाधानका उपायहरुको ज्ञान दिन जरुरी छ ।
(डा.शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रुपमा विगत ५ वर्ष देखि कार्यरत रहनुभएको छ ।)