Kath Khabar
नेप्सेमा करेक्सन जारी, ४९ अंकले बढ्दा झण्डै सात अर्बको शेयर किनबेच


काठमाडौं, पुस २७। नेप्से पुन बढेको छ । अघिल्लो दिन झण्डै २० अंकले बढेको नेप्से आज मंगलबार पुन ४९ दशमलव १९ अंकले बढेर २८ सय ३४ दशमलव १३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ३४ अंकले बढेर पाँच सय २८ दशमलव ८७ अंकमा पुग्न सफल भएको छ । दुई सय ३२ वटा कम्पनीहरूको ७७ हजार १५ पटकको कारोबारमा एक करोड १९ लाख ७० हजार दुई सय १५ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये उत्पादनमूलक समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक भने उच्च अंकले बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपि पावर लिमिटेड, गोर्खाज फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम आदि परेकाछन् ।  


 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update