ललितपुर महानगरका विद्यालयमा विद्यार्थीलाई फाइजर खोप आजदेखि
ललितपुर, पुस २७। ललितपुर महानगरपालिकाले आजबाट विद्यार्थीलाई फाइजर खोप कार्यक्र सुरु गरेको छ । ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्य लिए अनुसार आज मंगलबारबाट माघ २ गतेसम्म खोप कार्यक्रम सञ्चालन गर्दैछ ।
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेर समूहका करीब ४४ हजार विद्यार्थीलाई समेट्ने बताउनुभयो । महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ । दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्ने छ । खोप कार्यक्रम शनिबार भने सन्चालन हुने छैन ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय