क्युबेक, पुस २८। क्यानडाको एक प्रदेश क्युबेकले केहि पनि चिकित्सा कारणहरू नभएतापनि कोभिड-१९ विरुद्ध खोप नलगाएका नागरिकहरुले स्वास्थ्य कर तिर्नु पर्ने बताएको छ। कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै क्युबेकले यो निर्णय लिएको हो। क्युबेकमा आजसम्म १२,०२८ जनाको मृत्यु भएको छ । बीबीसी खबर अनुसार मात्र १५% जनताले कोरोना विरुद्धको खोप लगाएका छैनन् तैपनि अस्पतालका बेडहरु खाली छैनन्।
खोप लगाउन नचाहने सबै व्यक्तिहरुलाई स्वास्थ्य योगदान शुल्क लगाइनेछ। वरिष्ठ स्वास्थ्य चिकित्सकले भन्नुभयो । खोप लिन अस्वीकार गर्नेहरूले अस्पतालका कर्मचारी र क्युबेकर्सलाई जोखिममा राख्न सक्छन् । प्रदेशका स्वास्थ्य मन्त्रीले भन्नुभयो, '५०,००० स्वास्थ्यकर्मीहरुमा कम्तिमा २०,००० जना कोभिड-१९ संक्रमणका कारण बिदामा छन्। बिद्यालय छुट्टिको क्रममा यात्रामा निस्कदा पहिलो लहर आएको थियो, उनीहरू फर्कदा भाइरस घरमा ल्याए। तर दुई वर्ष भन्दा बढि पछि पनि प्रदेशले भाइरससँग लड्न संघर्ष गरिरहेको छ।'