
काठमाडौं, पुस २८। नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने ३० दशमलव ५१ अंकले घटेर २८ सय तीन दशमलव ६२ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव चार अंकले घटेर पाँच सय २१ दशमलव ८३ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको ९० हजार पाँच सय ९० पटकको कारोबारमा एक करोड ६१ लाख ४७ हजार तीन सय ९० कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम आठ अर्ब तीन करोड ३२ लाख १२ हजार सात सय ४२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये ट्रेडिङ, उत्पादनमूलक र लगानी सहितका तीन वटा समुहहरूको सूचक बढेकाछन् भने वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका १० वटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज कर्पोरेट डेभलपमेन्ट बैंक, मध्यभोटेकोसी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेको छ भने हिमालयन ऊर्जा विकास कम्पनी, जोशी हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, न्यादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य घटेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज नेपाल बंगलादेश बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर लिमिटेड, गोर्खाज फाइनान्स आदि परेकाछन् ।