नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर
काठमाडौं, पुष २९। नेपालको राहदानी विश्वका १० कमजोर राहदानीको सूचीमा परेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले गरेको २ सय देशको राहदानीको अध्ययनमा नेपालको राहदानी १ सय ५औं नम्बरमा परेको हो ।
नेपालको राहदानी सोमालियाको भन्दा गुणस्तरीय र उत्तर कोरियाको भन्दा कमजोर रहेको देखिएको छ । उत्तर कोरियाको पासपोर्टले विश्वका ३९ देशमा भिसा पाउनेछ । सन् २०२२ का लागि जापान र सिंगापुरको राहदानी संसारकै बलियो राहदानीको सूचीमा परेका छन् ।
अफगानिस्तान र इराकको राहदानी भने संसारकै खराब राहदानीको सूचीमा परेका छन्। अफगानिस्तानको पासपोर्टले २६ देशमा बिना भिसा जान वा गएर अन अराइभल भिसा लिन पाउँछन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय