काठमाडौं, पुस २९। के तपाई धेरै कफी पिउनु हुन्छ ? हुन्छ भने आज देखि नै कम गरिहाल्नुस् । कफीमा पाइने क्याफिन पदार्थले गर्दा यसको सेवनले शरीरमा स्फूर्ति पैदा गराउँछ, थकान र अल्छीपनाबाट केही समयका लागि शरीरलाई चुस्त र मानसिक रुपमा सक्रिय रहन मद्दत गर्छ। तर छोटो समयलाई यसले राम्रो गरेतापनि पछि गएर स्वास्थ्यलाई निकै हानी पुर्याउने गर्दछ। क्याफिनको सेवन धेरै मात्रामा गर्नु भयो भने खतरनाक साइड इफेक्टहरु हुन सक्छ।
कफीका केही बेफाइदाहरू यहाँ उल्लेख गरिएको छ :
कफीको फाइदा मात्रै नभएर यदि सेवनको मात्रा, तरिका र समय नमिलेमा वा बढी मात्रामा कफी सेवनको कारण निन्द्रा बिथोलिने, मुटुको धड्कन तेज हुने, चिन्ता बढ्ने, रिसाउने, झोक्किने, असुन्तलित आनीबानी देखाउने जस्ता समस्याहरू देखिन सक्छ।
१) एनजाइटी
कफीले एडेनोसिनको प्रभावलाई रोकेर काम गर्छ । धेरै मात्रामा कफीको सेवन गर्नाले मानिसमा एनजाइटी अट्याक पनि निम्त्याउन सक्छ।
२) पाचन समस्याहरू
कफीले हाम्रो पाचनमा धेरै समस्याहरु ल्याउन सक्छ । अझ भुटेको कफीमा बढी मात्रामा एसिड रहेको हुन्छ। हामीले बिहान कफी खाएमा, बिस्तारै हामीलाई ग्यास्ट्रिक हुन सक्छ। त्यसैले हामी सतर्क हुन जरुरी छ। यसले हृदयाघात जस्ता खतरनाक स्वास्थ्य समस्या हुन सक्छ।
३) गर्भवती महिलाको लागि हानिकारक
गर्भवती महिलालामा कफी सेवनले रक्तचाप र मुटुको दर बढ्न सक्छ। बढी कफी सेवन गर्दा महिलाहरूमा गर्भपातको जोखिम हुन्छ। यस कारण गर्भवती महिलाले कफी नखानु उचित हुन्छ ।
४) कफी कोलेस्ट्रोलको लागि हानिकारक
कफीमा पाइने केही पदार्थहरूले कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ। अत्याधिक कोलेस्ट्रोलले मुटुको धमनीहरू (Arteries) कडा हुन सक्छ जसले गर्दा हृदयमा रगतको प्रवाहलाई रोक्छ र अक्सिजनबाट वञ्चित गर्न सक्छ। त्यसैले धेरै मात्रामा कफी सेवन नगर्नु नै राम्रो हुन्छ।