Kath Khabar
नेप्सेमा ५४ अंकको उच्च वृद्धि

काठमाडौं, पुस २९। साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ५४ दशमलव १२ अंकले बढेर २८ सय ५७ दशमलव ७५ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९४ अंकले  बढेर पाँच सय ३० दशमलव ८३ अंकमा पुग्न सफल भएको छ ।

आज दुई सय २४ वटा कम्पनीहरुको ७७ हजार छ सय ६८ पटकको कारोबारमा एक करोड १८ लाख ३४ हजार दुई सय १६ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सो अनुरूप आज कुल कारोबार रकम छ अर्ब ६६ करोड ९७ लाख ४८ हजार पाँच सय ६८ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन् । जसमध्ये अन्य समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जलविद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेकाछन् । 

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको शेयर मूल्य बढेको छ भने नेपाल बैंकको ऋणपत्र २०८५, बोटलर्स नेपाल तराई लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपरतामाकोसी हाइड्रो पावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बंगलादेश बैंक, गोर्खाज फाइनान्स आदि परेकाछन् । 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update