Kath Khabar
हरिवंशको चेलीबेटी बेचबिखनविरुद्ध जनचेतना जगाउने नयाँ गीत 'कर्कलो कोक्याउला' युट्युबको ट्रेन्डिङमा

काठमाडौं, पुस ३०। हरिवंश आचार्यको शब्द, संगीत र आवाजमा रहेको 'कर्कलो कोक्यौला' बोलको गीत युट्युबमा अहिले ट्रेन्डिङमा आइरहेको छ। पुस २९ गते रिलिज गरिएको यस भिडियोमा नेपालमा गरिब र मासुम चेलीबेटीहरु कसरी बेचिन पुग्छन् भन्ने सन्देश दिन खोजिएको छ । यो गीतसंगै गीतको भिडियो पनि उत्तिकै मार्मिक तथा चेतनामूलक रहेको छ। यो भिडियोले चेलीबेटी बेचबिखन विरुद्ध समाजलाई उत्कृष्ट सन्देश दिन तथा सचेत हुन मद्दत पुर्याउँछ।

यस भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का लगायत श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको उत्कृष्ट अभिनय रहेको छ।  हरिवंश ज्यू आफैले पनि यस भिडियोमा अभिनय गर्नुभएको छ। किरण तुलाधरले एरेन्ज गर्नुभएको यस भिडियोमा मिक्सिङ, मास्टरिङ्ग र एडिसनल प्रोग्रामिङ श्यामश्वेत रसाइलीको रहेकोछ । यस भिडियोलाई गज्जब टिभीको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update