Kath khabar
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट दिए राजीनामा


नयाँदिल्ली, माघ १। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिनुभएको छ ।

शनिबार उहाँले एक विज्ञप्ति जारी गर्दै राजिनामा दिनेबारे जानकारी दिनुभएको हो । कोहलीले टोलीका सबै खेलाडीलाई धन्यवाद दिनुभयो । साथै कप्तानको रुपमा आफूलाई विश्वास गर्नुभएकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिनुभएको छ।

विज्ञप्तिमा विराटले भन्नुभएको छ 'टिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु,' 

दक्षिण अफ्रिका सिरिजमा भएको लज्जास्पद हारपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update