Kath Khabar
शेयर बजारमा हरियाली

काठमाडौं, माघ २ । शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ६९ अंकले बढेर २९ सय २६ दशमलव ७४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ८१ अंकले बढेर पाँच सय ४२ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको एक लाख एक हजार पाँच सय ८९ पटकको कारोबारमा एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि, सिभिल बैंक आदिको शेयर मूल्य भएकाछन् भने बोटलर्स नेपाल तराई लिमिटेड, ग्लोबल आईएमई बैंकको ऋणपत्र आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेकाछन् ।  


 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update