Kath Khabar
थप ४९६१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं, माघ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार हजार नौ सय ६१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १५ हजार एक सय ३१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय २० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय ३५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार छ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update