Kath khabar
संसारको टप ७ मेक अप ब्रान्डहरु

काठमाडौं, माघ ३। अहिलेसम्म संसारका टप ७ मेकअप ब्रान्डहरुमा यि कम्पनीहरु पर्दछन् :-

१) नार्स (NARS ) 
नार्स  कस्मेटिक्स एउटा फ्रेन्च ब्रान्ड हो जुन फ्रेन्च मेकअप आर्टिस्ट र फोटोग्राफर  फ्रान्कोइस नार्सले १९९४ मा सुरु गर्नु भएको हो। सबैभन्दा पहिले उहाँले १२ वटा लिपस्टिक बेचेर उहाँको कस्मेटिक लाइनको सुरुवात गर्नुभएको थियो । यो ब्रान्ड अहिले अमेरिका, युरोप लगायत अन्य ठाउँमा निकै लोकप्रिय बन्न सफल भएको छ। तर यो ब्रान्डले जनावरमाथि पहिला परीक्षण गर्ने गर्दछ। यो ब्रान्डको मेकअपहरु निकै राम्रो र टिकाउ छन् भनेर मेकअपकर्ताहरुले बताउनुभएको छ।  

२) लोरियल (L'Oréal )
लोरियललाई संसारकै ठुलो कस्मेटिक्स ब्रान्ड मानिन्छ। यो कम्पनीले स्किनक्यर, कपालको कलर, मेकअप, परफ्युम, सन्स्क्रीन जस्ता कुरामा ध्यान दिने गरेको छ। सन् १९०९ मा एउटा सानो व्यापारी र रसायनविज्ञ यूजीन शुलरले पहिलो कपालमा कलर गर्ने कलर बनाउनु भएको थियो। यहाँबाट उहाँको कस्मेटिक्सको यात्रा सुरु भएको थियो । यो ब्रान्डले नयाँ र राम्रा अवसरहरु धेरै प्राप्त गरेको छ । उहाँहरुले सुन्दरतालाई प्राविधिक तरिकाले पेस गर्न सफल हुनु भएको छ।

३)  दिओर (DIOR )
क्रिस्टियन दिओरले सन् १९४६ मा यो ब्रान्ड को सुरुवात गर्नुभएको हो। उहाँ एक कस्मेटिक्स र परफ्युम डिजाइनर हुनुहुन्छ। दिओर आफैमा एक लक्जरी ब्रान्ड रहेको छ। यी ब्रान्डका मेकअप अरु भन्दा महंगा रहेका छन्। यो ब्रान्डले सधै विशेषज्ञसँग मिलेर रचनात्मक प्रदर्शन दिन सफल भएको छ। यो ब्रान्डको विश्व भरी १३,२५० जना कामदार रहेका छन्। यो ब्रान्डले फाउन्डेसन, कन्सिलर, पाउडर, ब्लश, र सन मेकअप लगायत लगभग सबै प्रकारका मेकअप बनाउने गर्दछ। दोस्रो बिश्व युद्ध पछि यो ब्रान्डले फरक र राम्रो  डिजाइनको समान निकाल्न सफल भएको थियो।   

४) मेबिलिन (MAYBELLINE )
मेबिलिन अथवा मेबिलिन न्युयोर्क एउटा अमेरिकन बहुराष्ट्रिय सौन्दर्य, छाला हेरचाह, परफ्युम र सेल्फ केयर कम्पनी हो।  यो ब्रान्ड १९१४ मा थॉमस लिल विलियम्सद्वारा शिकागोमा सुरुवात गरिएको छ। आफ्नो बैनीले भ्यासलिन र कोइलाको मिश्रणलाई परेलामा लगाएको देखेर बहिनीलाई सोध्नुभएको थियो । बहिनीलाई सोधेपछि उहाँले थाहा पाउनुभएको थियो कि यो मिश्रणले परेला बाक्लो देखाउँछ। यो ब्रान्डले पहिलोचोटी मस्कारा बनाएको हो भन्ने गरिन्छ। मेबिलिनले प्युमासँग सहकार्य गरेपछि मेबिलिन अझै प्रख्यात हुन थालेको हो।   

५) म्याक ( MAC )
म्याक एउटा अमेरिकन ब्रान्ड हो जसको संस्थापक फ्रैंक टोस्कन र फ्रैंक एन्जेलो हुनुहुन्छ । उहाँहरुले १९८४ मा टोरोन्टोमा म्याकको सुरुवात गर्नु भएको हो।  उचित मूल्यमा मेकअप र गुणस्तर उत्पादनहरू प्रदान गर्दै आएको यो ब्रान्ड संसारभरि नै प्रख्यात रहेको छ। यो ब्रान्डले मुख्य गरी मेकअप आर्टिस्टहरुलाई सजिलो हुने गरी आफ्नो समान उत्पादन गरेका छन् । ग्लैमरस दुनियाँको छवि र सेलिब्रेटीले अनुमोदित उत्पादन लाइनको साथ, म्याक कस्मेटिक्सले सौन्दर्य उद्योगलाई आँधीबेहरी जस्तै तिव्र गतिमा ल्यायो। अरु मेकअप ब्रान्डभन्दा म्याकले अनुभवी ब्यूटीशियन नियुक्त गर्ने गर्दछ। म्याकको पहिलो ठूलो सफलता तब भयो जब म्याडोनाले यसको लिपस्टिक लगाउँनु भयो । म्याकले अरु ब्रान्डहरुको तुलनामा बढी लिपस्टिक बिक्री गर्ने गर्दछ।   

६) निक्स (NYX)
यो कम्पनी टोनीकोले सन् १९९९ मा लस एन्जलसमा सुरुवात गर्नु भएको हो। निक्स (NYX) भनेको अंग्रेजीमा रातको देवी भनेर मानिन्छ, यसको नामकरण पनि त्यहिबाट भएको हो। यो कम्पनीको मुख्य उद्देश्य भने अरु कम्पनीभन्दा कम पैसामा राम्रो सामान दिनु रहेको छ। यो ब्रान्ड क्रूरता मुक्त ब्रान्ड पनि रहेको छ। तर टोनिले $500 मिलियनमा यो कम्पनी लोरियल (LOREAL) लाई बेच्नुभयो। खासगरी मेकअपप्रेमी तथा मेकअप आर्टिस्टहरुमा निक्स ब्रान्ड भने निकै लोकप्रिय बनेको छ ।

७) रेभलन (Revlon )
सन् १९३२ मार्च १ मा न्युयोर्कमा सुरुवात गरिएको यो ब्रान्ड एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । रेभलन ब्रान्डको मेकअप १५० भन्दा बढि देशहरुमा बेच्ने गरिएको छ जस्तै मेक्सिको, लण्डन, हङ्गकङ आदि । एलिजाबेथ आर्डेन सौन्दर्य प्रशोधन उद्योगमा पहिलो व्यक्ति हुनुहुन्छ जसले यात्रा गर्ने प्रदर्शनकारी र सेल्सवुमनहरूको टोलीलाई तालिम दिएर पठाएका हुन्थे। यो निकै प्रख्यात छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update