बेलयात, वैशाख २८ । फुलह्याम इङलिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ । गएराती भएको खेलमा बनर्ली संग दुइ शुन्य गोलले पराजित भएपछि फुलह्याम च्याम्पियनसिपमा घटुवा भएको हो ।
रेलिगेसन बाट बच्न जित्नै पर्ने दवावका साथ आफ्नै मैदानमा उत्रिएको फुलह्याम सफल भएन् । बनर्लीले दश मिनेटको अन्तरमा दुइ गोल गरेको थियो । उसका लागि ३५ औं मिनेटमा आस्ले वेस्टउडले गोल गर्दै अग्रता दिलाउनु भएको थियो । उहाँको बनर्लीका लागि यो ५० औं गोल हो । सन् २०१७ मा बनर्लीमा आवद्ध भएका वेस्टउडको प्रिमियर लिगमा सातौ गोल हो । ४४ औं मिनेटमा क्रिस उडले गोल गरेपछि पहिलो हाफमा दुइ शुन्यले पछि परेको फुलह्याम खेलमा फर्कन सकेन ।
हारले उसलाइ तीन खेल अगाडै दोस्रो डिभिजनको लिगमा झारिदिएको छ । गत नोभेम्बरमा सुरुवाती ६ खेलमा एक अंक जोडेको बनर्लीले भने उत्कृष्ट पुनरागमन गर्दै आफुलाइ प्रिमियर लिगमानै टिकाएको छ । प्रिमियर लिगको इतिहासमा पहिलो पटक तीन खेल खेल्न बांकी हुदै रेलिगेसनमा पर्ने टिमको टुंगो लागेको छ । शेफिल्ड युनाइटेड र वेस्टब्रोम यसअघिनै रेलिगेसनमा परिसकेका छन् ।