
काठमाडौं, माघ ३। अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि बढेको छ । नेप्से आज २० दशमलव ६४ अंकले बढेर २९ सय ४७ दशमलव ३८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७० अंकले बढेर पाँच सय ४६ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २४ वटा कम्पनीहरूको ९६ हजार चार सय आठ पटकको कारोबारमा एक करोड ४४ लाख ७४ हजार सात सय १३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ९० करोड १८ लाख ९० हजार छ सय ६८ रुपैयाँ चार पैसा पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य सहितका आठ वटा समुहरुको सूचक बढेकाछन् भने विकास बैंक, फाइनान्स, लगानी, लघुवित्त र ट्रेडिङ सहितका चार वटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने एनएमबी बैंकको ऋणपत्र २०८५, सानिमा लार्ज क्याप फन्ड, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, अपि पावर लिमिटेड, शिवम् सिमेन्ट आदिको बढी रकम कारोबार भएकाछन् ।