बेलयात, वैशाख २८ । युभेन्टसलाइ, युरोपियन सुपर लिग बाट नाम फिर्ता लिन दवाब बढेको छ । इटालियन फुटवल संघले यदि युभेन्टसले नाम फिर्ता नलिए अर्को सिजनको सिरी या खेल्न नपाउने चेतावनी दिएको छ ।
युभेन्टस संगै बार्सीलोना र रियाल मड्रिडले अझ प्रस्तावित युरोपियन सुपर लिग बाट आफ्नो नाम हटाएका छैनन् । फुटवल संघले यदि युभेन्टसले नियमको सम्मान गर्दैन भने लिग बाट बाहिरिने प्रस्ट पारेको छ । संघका अध्यक्ष गाब्रिएल ग्राभिनाले अर्को सिजनको सिरीया र च्यामिपयनसिप लिगका लागि दर्ता गर्ने समयमा युभेन्टस सुपर लिगमानै रहे उसलाइ हटाइने जानकारी दिनुभयो ।
युभेन्टस, रियाल र बार्सीलोनालाइ युरोपियन फुटवल महासंघले पनि नाम फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइरहेको छ । सुपर लिगका संस्थापक १२ क्लब मध्ये नौ टिम हटिसकेका छन् । सुपर लिग १८ अप्रिलमा घोषणा गरिएको थियो । तर घोषणा गरेको ४८ घन्टामानै बेलायतमा समर्थकले विरोध गरपछि असफल भएको थियो । सुपर लिग बाट पछि हटिसकेका नौ क्लबलाइ पनि युएफाले आर्थिक कारबाही गरेको छ ।